+
Search

ताजा अपडेट +

पपुलर +

सूचना प्रविधि क्षेत्रमा २०० जना दक्ष प्रशिक्षक तयार

ict training by CAN Nepal
डबली खबर
३ हप्ता अगाडी

४ वैशाख, नुवाकोट । देशको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालित सूचना तथा सञ्चार प्रविधि सीप अभिवृद्धि प्रशिक्षण भएको छ।

कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान महासङ्घ)का विभिन्न विषयगत समितिहरूको संयुक्त आयोजनामा सञ्चालित प्रशिक्षणले नेपालको डिजिटल रुपान्तरणमा एउटा महत्वपूर्ण इँटा थपेको कार्यक्रम संयोजक तथा महासंघका सचिव शेखरनाथ दुलालले बताए ।

क्यान महासङ्घ अन्तर्गतको प्रदेश तथा जिल्ला सुदृढीकरण समिति, साइबर सुरक्षा समिति, समाजमा एआई समिति, सूचना प्रविधिमा महिला समिति र बैंकिङ, वित्त तथा बीमा समितिको सक्रिय अगुवाइमा उक्त प्रशिक्षण भएको हो।

प्रशिक्षणमार्फत देशका सातै प्रदेशका ६२ भन्दा बढी जिल्लाबाट सहभागी भएका करिब दुईसय जना भन्दा बढी प्रशिक्षार्थीहरू अब सूचना प्रविधि प्रशिक्षकका रूपमा तयार भएको महासङ्घकी केन्द्रीय अध्यक्ष सुनैना घिमिरे पाण्डेले बताईन् ।

क्यान महासङ्घका केन्द्रीय सचिव सरिता न्यौपाने, केन्द्रीय सदस्यहरू हेमपाल श्रेष्ठ, मोना न्याछ्यौं, बन्दना शर्मा र व्यवस्थापक उदिप बरालले प्रशिक्षणको प्राविधिक पक्ष र सफ्टवेयर सञ्चालनका बारेमा सहजीकरण गरेका थिए ।

प्रशिक्षणले देशभरका स्थानीय तहसम्मै प्रविधिको ज्ञान फैलाउन ठूलो भूमिका खेल्ने आयोजक पक्षको विश्वास छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ