sujim bazar advert

देशभरमै नुवाकोट दोस्रो

डबली खबर     चैत्र २३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

DAO Nuwakot Office Building
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

२३ चैत, नुवाकोट । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक जिल्ला श्रेणी तालिका अनुसार कार्यसम्पादन मूल्यांकनमा नुवाकोट जिल्ला देशभरमै दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

मन्त्रालयले विभिन्न सूचकका आधारमा गरेको मूल्यांकनमा कुल २०.२५ पूर्णाङ्कमा नुवाकोटले १९.३७५ अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा निकालेको हो । ७७ जिल्ला सहभागी यस प्रतिस्पर्धामा नुवाकोटको यो उपलब्धिलाई स्थानीय प्रशासनको सक्रियता र कार्यकुशलताको रूपमा हेरिएको छ।

मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नुवाकोटले मूल्यांकनका लागि तोकिएका ५४ वटा मापदण्डमध्ये ५५ वटा फाइलहरू अपलोड गरेको थियो । तीमध्ये ५४ वटा फाइलहरू स्वीकृत भएका छन् भने मात्र एउटा फाइल अस्वीकृत भएको देखिन्छ ।

नुवाकोटभन्दा अगाडि हिमाली जिल्ला मनाङ १९.५ अंकका साथ पहिलो स्थानमा रहेको छ भने डोटी, पर्वत, रूपन्देही र स्याङ्जा समान १९.२५ अंक प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

यस मूल्यांकन प्रक्रियामा जिल्ला प्रशासन कार्यालयहरूले सम्पादन गरेका कार्यहरूको विवरण अनलाइन प्रणालीमार्फत अपलोड गर्नुपर्ने व्यवस्था छ । मन्त्रालयका अनुसार यो मूल्यांकनले जिल्लाहरू बीच विकास, सुशासन र सेवा प्रवाहमा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको छ।

तालिकाअनुसार देशको संघीय राजधानी समेत रहेको काठमाडौँ जिल्ला ७७ औँ स्थानमा सीमित भएको छ । त्यस्तै, धनुषा र पर्सा क्रमशः ७६ औँ र ७५ औँ स्थानमा रहेका छन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top