१४ फागुन, विदुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले नुवाकोटमा नेपाली सेनाद्वारा मोटरसाईकल पेट्रोलिङ सुरु गरिएको छ।
विदुर नगरपालिकाको बट्टारस्थित शेर गणले आज बिहीबारदेखि जिल्लाका दुई निर्वाचन क्षेत्र मध्ये २ नम्बरको विदुर नगरपालिकामा मोटरसाइकल पेट्रोलिङ सुरु गरेको हो।
शेर गणका प्रमुख आविष्कार ढुंगानाले आवश्यकता अनुरुप संसदीय निर्वाचन क्षेत्रमा थप सेना परिचालन गरिने बताए ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र निर्वाचन प्रहरीले छुट्टाछुट्टै पैदल, गाडी तथा मोटरसाइकलमार्फत् नियमित गस्ती गरिरहेको छ ।



















प्रतिक्रिया