sujim bazar advert

नुवाकोटमा प्रजातन्त्र दिवस मनाईयो, ९ पिन्ट रगत सङ्कलन

डबली खबर     फाल्गुन ७, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

democracy celebrated in Nuwakot photo by Sunil Shrestha
Big Education Consultancy Nuwakot

७ फागुन, विदुर । नुवाकोट पनि विविध कार्यक्रम गरी ७६औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ ।

जिल्लास्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसदेखि विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय परिसरसम्म प्रभातफेरी गरिएको हो।

नुवाकोटमा हाफ म्याराथन, लुम्बिनीका अजय प्रथम

दिवसकै अवसरमा हाफ म्याराथन, स्वास्थ्य जाँच, रक्तदानलगायत विभिन्न कार्यक्रम गरिएको थियो । रक्तदान कार्यक्रममा नौ जनाले रक्तदान गरेका थिए ।

दिवसकै अवसरमा नुवाकोट एथलेटिक्स क्लबको व्यवस्थापनमा ‘प्रथम नुवाकोट हाफ म्याराथन’ प्रतियोगिता गरिएको छ । जसमा म्याराथनका राष्ट्रिय पदक विजेतासहित विद्यालयगतका विद्यार्थी, भेट्रानहरुकोसमेत सहभागिता रहेको थियो ।

हाफ म्याराथन, ५ किमि छात्र/छात्रा र १० किमि भेटान्स/महिला दौडमा करिब १ सय जनाको सहभागिता रहेको थियो ।

नुवाकोटमा तीन दिनसम्म भव्य रूपमा प्रजातन्त्र दिवस मनाइने

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top