sujim bazar advert

नुवाकोटमा तीन दिनसम्म भव्य रूपमा प्रजातन्त्र दिवस मनाइने

यसोदा कार्की     फाल्गुन ५, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

dabali khabar samachar - leading news portal from nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

५ फागुन, नुवाकोट । आगामी राष्ट्रिय प्रजातन्त्र दिवसलाई नुवाकोट जिल्लामा तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाउने निर्णय गरिएको छ।

जिल्ला समन्वय समिति (जिसस) नुवाकोटको कार्यालयमा बसेको बैठकले फागुन ६, ७ र ८ गते विशेष उत्सवका साथ दिवस मनाउन ‘जिल्ला स्तरीय कार्यक्रम आयोजक समिति’ गठन गरेको हो ।

जिसस नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिहं ठकुरीको संयोजकत्वमा गठित उक्त समितिमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ सहसंयोजक रहेका छन् । समितिमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, रेडक्रसलगायतका सरोकारवाला निकायहरू सदस्यका रूपमा रहेका छन्।

दिवसको पहिलो दिन फागुन ६ गते बिहान सबै सरकारी निकाय, प्रतिष्ठान र संघसंस्थाका परिसरमा सरसफाइ गरिने भएको छ। साथै, फागुन ६ देखि ८ गतेसम्म साँझ सबै कार्यालय र घरघरमा राष्ट्रिय झण्डा सजाउनुका साथै दीप प्रज्वलन गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। साथै, सोही दिन स्वास्थ्य सम्बन्धी कार्यक्रम समेत सञ्चालन गरिनेछ। देवघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरूको स्वास्थ्य परीक्षण गरिनेछ।

दिवसको मुख्य दिन फागुन ७ गते नुवाकोट आदर्श बहुमुखी क्याम्पसदेखि विदुर नगरपालिकाको प्राङ्गणसम्म बृहत प्रभातफेरि आयोजना गरिनेछ। पञ्चेबाजा, राष्ट्रिय झण्डा र ब्यानरसहित आयोजना हुने उक्त प्रभातफेरिमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय र आम जनसमुदायको सहभागिता रहने जनाएको छ।

प्रभातफेरि पश्चात् विदुर नगरपालिकाको प्राङ्गणमा खुला रक्तदान र स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । साथै, सोही दिन बिहान ‘प्रथम नुवाकोट हाफ म्याराथन’ प्रतियोगिताको समेत उद्घाटन गरिने कार्यक्रम रहेको छ । जसको प्राविधिक व्यवस्थापन नुवाकोट एथलेटिक्स क्लबले गर्ने भएको छ।

प्रजातन्त्र दिवसका सम्पूर्ण कार्यक्रमहरूलाई प्रभावकारी बनाउन र सञ्चार माध्यमबाट सन्देशमूलक सामग्रीहरू प्रचार-प्रसार गर्न पत्रकार महासंघलाई जिम्मेवारी दिइएको छ।

कार्यक्रमहरूमा अनिवार्य उपस्थितिका लागि जिल्ला प्रशासन कार्यालयमार्फत् सबै राजनीतिक दल र सरकारी निकायहरूलाई पत्राचार गरिने निर्णय समेत गरिएको छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top