८ फागुन, नुवाकोट । प्रजातन्त्र दिवसको अवसरमा २१ किमी प्रथम नुवाकोट हाफ म्याराथन दौड प्रतियोगिता भएको छ ।
हाफ म्याराथन दौडको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले उद्घाटन गरेका थिए ।
नुवाकोट एथलेटिक्स क्लबको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्य आयोजित प्रतियोगितामा लुम्बिनी प्रदेशका १ घण्टा १७ मिनेट ५३ सेकेण्ड समयका साथ अजय पाण्डे प्रथम भएका थिए ।
यसैगरी १ घण्टा १९ मिनेट ५२ सेकेन्ड साथ ताप्लेजुङका रमेश लिम्बु द्वितीय र १ घण्टा २० मिनेट १० सेकेन्डका साथ सोलुखुम्बु लोकेन्द्र राई तृतीय हुन सफल भएका थिए ।
हाफ म्याराथनका प्रथम हुनेले नगद २१ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार रुपैयाँ पुरस्कार पाएक थिए ।
म्याराथन बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसदेखि सदरमुकाम विदुर, ढुंगे, त्रिशूली सोहि रुट हुँदै गंगटे, पिपलटारदेखि देवीघाटसम्म पुगेर पुन: बट्टारमा आएर सम्पन्न भएको थियो ।
प्रतियोगिताकै अवसर १० किमी खुल्ला महिला, भेट्रान्स (१० किमी) र छात्रछात्राको समेत दौड आयोजना गरिएको नुवाकोट एथलेटिक्स क्लबका अध्यक्ष रमेश सुनारले जानकारी दिए । नुवाकोटलाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सिटी बजाएर खुल्ला महिला/पुरुष र भेट्रान्सको सुरु गरेका थिए । यस्तै, उपप्रमुख प्रभा बोगटीले छात्रछात्राको प्रतियोगिता सुरु गरेकी थिईन् ।
खुल्ला महिलातर्फ पाँचथरकी पुष्पा शेर्पा लिम्बु प्रथम, सिन्धुलीकी मन्जु सुनुवार द्वितीय, नुवाकोट एथलेटिक्स क्लबकि सोनु घतानि तृतीय भईन् ।
यसैगरी, ५० वर्ष माथि भेट्रान्सतर्फ काठमाडौंका रैवनबहादुर दाहाल प्रथम, दाङका भिमबहादुर गुरुङ द्वितीय, लमजुङका राजु भण्डारी तृतीय भए ।
छात्रतर्फ ब्राईट होराईजन चिल्ड्रेन स्कुल चन्दागिरीका हस्त सुनार प्रथम, भोटेनाम्लाङ्ग मावि सिन्धुपाल्चोकका सन्दीप तामाङ द्वितीय, श्रीकृष्ण मावि चाँगुनारायण नगरपालिका विकास कार्की तृतीय भए ।
छात्रा तर्फ श्रीकृष्ण माविकी प्रनिशा कार्की प्रथम, वर्ल्ड युथ ईन्टरनेशन ऎकेडेमीकी सुजिना रामदाम द्वितीय र जगतप्रकाशजङ्ग शाह संस्कृत नुवाकोटकी सेविका प्याकुरेल तृतीय भईन् ।
स्थानीय जिल्लातर्फ शिवपुरी गाउँपालिका-३ हरिचन्द तामाङ प्रथम, विदुर नगरपालिका-१ का मनिष श्रेष्ठ द्वितीय र सोहि पालिकाका वडा नम्बर ७ का रोशन तामाङ तृतीय भए ।
विजेताहरुलाई नुवाकोट एथलेटिक्स क्लबका सल्लाहकार श्रीराम श्रेष्ठले नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा देशभरका खेलाडीहरुले सहभागिता जनाएको आयोजक संस्थाका अध्यक्ष सुनारले जानकारी दिए । प्रतियोगितामा कुनै पनि विभागीय खेलाडीहरुलाई सहभागिता गराका थिएनन् ।



















प्रतिक्रिया