१४ पुस, नुवाकोट । इन्टरनेट सेवा प्रदायक सुबिसु केवल नेट कम्पनीले विदुर नगरपालिका–५, देविघाटस्थित शहिद जगत प्रकाशजंश शाह संस्कृत माध्यमिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा जडान गरेको छ।
कम्पनीको २५औँ वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई एक वर्षका लागि एक सय एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराइएको कम्पनीका नुवाकोट शाखा प्रमुख नारायण रिमालले जानकारी दिए ।
विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारले इन्टरनेट सहजताले अध्ययन तथा अध्यापन सहज हुने बताइन्।
कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा धादिङको स्वाबलम्बी बहिरा आधारभूत विद्यालयमा पनि निःशुल्क इन्टरनेट सेवा जडान गरेको थियो।





















प्रतिक्रिया