sujim bazar advert

नुवाकोटेली हुन्: डिबि लामा

श्रीराम श्रेष्ठ     पुस १३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

db lama dil bahadur lama nuwakot police IGP
Big Education Consultancy Nuwakot
global ime bank flash loan

दिलबहादुर (डीबी) लामा नेपाली प्रशासनिक र राजनीतिक क्षेत्रका साथै प्रजातन्त्रिक आन्दोलनका प्रखर सेनानीको रुपमा चिनिएका एक सशक्त व्यक्ति हुन् । विषेशत नेपाल प्रहरीको ११ औं प्रहरी महानिरीक्षकको रूपमा उनलाई नचिन्ने सायदै कोही होलान् । उनी दोस्रो विश्वयुद्धमा वर्मामा लडेका सैनिक हुन् भने त्यसै समयमा नेपालमा राणा विरोधी प्रजातन्त्रका लागि आन्दोलनमा संघर्ष गरेका प्राजातन्त्रत्रका सेनानी पनि थिए । उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत भएर जनप्रतिनिधिको रुपमा देशको सेवा गरेका राजनीतिज्ञ समेत हुन् । लामा ब्रिटिस आर्मीमा भर्ती भएर विश्वयुद्ध लडेका तथा वि.सं २००७ सालको क्रान्तिको स्वतन्त्र सेनानी, नेपाल प्रहरीमा प्रवेश गरी आइ.जी.पी समेत भएर जेल जीवन विताए र रिहा भएपछि सांसद् र मन्त्री समेत भएका सायदै पहिलो नेपाली पनि हुन् । यसकारण पनि डिबि लामाको परिचय कुनै एक आयामबाट मात्र गरेर पुग्दैन । लामाका जीवनका उतार चढाव तत्कालीन परिवर्तनको गतिमा हिडेको नेपाली राजनीतिक, सामाजिक र ऐतिहासिक घटनाक्रमसँग प्रत्यक्ष जोडिएको छ भन्दा फरक पर्दैन । यसकारण पनि लामाको जीवनको संघर्ष, योगदान र जीवनी एउटा महत्वपूर्ण ऐतिहासिक पक्षलाई वहन गर्दै अघि बढेको थियो भन्दा फरक पर्दैन । तर यहाँ खासगरी उनको प्रशासनिक र राजनीतिक जीवनका केही पक्षहरुलाई समावेश गर्नमात्र सम्भव देखिन्छ । स्वर्गीय दिलबहादुर (डी.बी) लामाको जन्म वि.सं १९८७ मा पिता ललितमान लामा (घले) र आमा दुर्गादेवी लामाको माहिलो सुपुत्रको रूपमा नुवाकोट जिल्लाको गेर्खु गाउँमा भएको थियो । उनी तत्कालीन समयमा गाउँको आर्थिक रुपमा सम्पन्न र राजनीतिक सामाजिक सुझबुझ भएको तामाङ परिवारमा जन्मिएकाले बाल्यकालमा राजधानी काठमाडौंमा डेरा गरी पढ्थे ।

काठमाडौंमा प्रारम्भिक शिक्षा हासिल गर्दै गर्दा साथीभाईको सङगतमा अंग्रेजी साम्राज्य सेनाको पञ्जावको होशियारपुरस्थित ब्वाइज कम्पनीमा तालिम लिइ विदेशी सेनामा भर्ती भए र दोस्रो विश्वयुद्धताका बर्मामा भएको युद्धमा भाग लिएर अनुभव समेत प्राप्त गरे । दोस्रो विश्वयुद्धपछि बेलायतको उपनिवेशबाट एसियाका धेरै देशहरु स्वतन्त्र हुने क्रममा सन् १९४७ मा भारत र पछि बर्मा स्वतन्त्र भयो । यो घटनाले त्यसबेला स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको भावना पनि एकतन्त्रीय निरङ्कुश जहानियाँ राणाशासन हटाउने तर्फ केन्द्रीत हुँदै गयो । तेतीबेलाका धेरै नेपाली फौजीहरु कोही ब्रिटिस र कोहीले बर्मा आर्मीमै निरन्तरता दिए । तर विदेशी सेना छाडेर नेपालकै स्वतन्त्रता र प्रजातन्त्रको लागि एउटा योद्धाको रुपमा सहभागी हुन नेपाल फर्कीए । विदेशी फौजमा निरन्तर रहेर काम गरेका लामा सधैं विदेशमा रहनुभन्दा मातृभूमिप्रतिको प्रेम र देशभक्तिको भावनाले नेपालमा फर्किएर आन्दोलनको एक स्वतन्त्र सेनानी बने । देश र प्रजातन्त्रको लागि निर्णायक युद्ध लड्ने समय भइसकेको थियो । वि.सं २००७ साल कार्तिक २७ गेत गोरु तिहारको साइतमा रक्सौल पुग्ने हिसाबले लामा सहितको टोली पटनाबाट हतियार सहित प्रस्थान ग¥यो । जनमुक्ति सेनाले नेपाली कांग्रेसको चिन्ह चार तारा अंकित पट्टी बाँधेर विभिन्न टोलीहरुमा विभाजित गरी जिम्मेवारी तोकिएको थियो । रातको १० बजे जनमुक्ति सेनाले वीरगञ्ज शहरलाई चारैतिरबाट धावा बोलेको थियो । जनमुक्ति सेनाले वीरगञ्ज, ठोरी, परवानीपुर, झण्डीनगर, बहादुरगञ्ज लगायतका क्षेत्रमा आक्रमण गर्ने ताथा कब्जा जमाउन सफल भएको थियो । जनमुक्ति सेनाले दन्काएको सशस्त्र क्रान्तिको ज्वाला काठमाडौं बाहेक सारा नेपालमा सल्किन सफल भएको थियो । वि.सं २००७ साल फागुन ४ गते राजा त्रिभुवन भारतको दिल्लीबाट स्वदेश फर्किएपछि प्रजातन्त्र स्थापना भएको समाचार रेडियोबाट प्रसारण गरिएको थियो र फागुन ७ गते मोहन शम्शेरको प्रधानमन्त्रित्वमा राणा र कांग्रेसको संयुक्त सरकार गठन भएको थियो । संयुक्त सरकारमा गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला बने । देशमा प्रजातन्त्र ल्याउनका निम्ति स्थापना भएको जनमुक्ति सेनालाई सुम्पेको कार्य सफलतापूर्वक सम्पन्न गरेकाले क्रान्तिको प्रतीकको रुपमा स्थापित गर्दै फागुन २८ गतेबसेको संयुक्त सरकार, राणा र कांग्रेसको बैठकमा जनमुक्ति सेनालाई रक्षादलमा परिणत गरी तीनवटा बटालियनको एक ब्रिगेड बनाई देशको अर्ध सैनिक बलको रुपमा राख्ने बीपीको धारणा सर्वसम्मतले पास भयो ।

राणा शासाशनविरुद्ध विभिन्न मोर्चामा सक्रिय डिबि लामा त्यसबेलाको मुक्ति सेनाबाट नेपालको रक्षादल ब्रिगेड हुँदै वि.सं २००७ फागुन २८ गते नेपाल पुलिस फोर्सको सशस्त्र बटालियनको सुबेदार पदमा परिणत भएका थिए । वि.सं २०१२ सालमा प्रहरी ऐन जारी भयो । त्यसपछि नेपालको विभिन्न क्षेत्रमा विभिन्न पदको जिम्मेवारी सम्हाल्दै लामा नेपाल प्रहरीको महानिरीक्षक जस्तो उच्चतम पदमा पुगे । उनी वि.सं २०३९ असारदेखि २०४३ जेठसम्म नेपाल प्रहरीको महानिरीक्षक पदमा कार्यरत रहेका थिए । पछि उनी भूतपूर्व प्रहरी संगठनका चौंथो अध्यक्ष भए । उनकै कार्यकालमा २०४३ सालमा नेपाल प्रहरीमा महिला जनशक्तिका लागि खुला प्रतिस्पर्धाबाट भर्ना लिन थालिएको हो । त्यसअघिसम्म प्रहरीमा महिलालाई खुला प्रतिस्पर्धाबाट भर्ना लिइदैंन थियो । ट्राफिक प्रहरीमा महिला सहभागिता लामाकै कार्यकालमा सुरु भएको थियो । प्रहरी परिवार महिला संघ पनि उनकै कार्यकालमा स्थापना गरिएको थियो । सुगममा कार्यरत जनशक्तिलाई दुर्गम र दुर्गममा कार्यरतलाई सुगममा सरुवा गर्न विशेषगरी लामाकै कार्यकालमा थालिएको थियो । संगठननमा कार्यरत जनशक्तिले सुगम र दुर्गम दुवै क्षेत्रको अनुभव बटुल्नुपर्ने धारणा उनमा थियो । लामाको कार्यकालमा नेपालभरका विभिन्न आपराधिक घटना र गतिविधिहरू सबै तहका कर्मचारीहरूलाई जानकारी दिन मासिक रूपमा ‘प्रहरी बुलेटिन’ प्रकाशन गराई निशुल्क वितरण गर्ने प्रणाली बसालियो । त्यस्तै, उनको कार्यकालमा नेपाल प्रहरीबाट वर्षभरि भए गरेका गतिविधिलाई जनसमक्ष ल्याउन ‘प्रहरी दर्पण’ (पुलिस मिरर) नामक म्यागजिन अंग्रेजी र नेपाली दुबै भाषामा प्रकाश गर्ने व्यवस्था भयो । वि.सं २०२९ सालतिर ललितपुर जिल्ला अन्तर्गत फुलचोकी सिमसार स्टोरमा खटिएका दुईजना पालेहरुको निर्ममतापूर्व हत्या हुनुका साथै त्यहाँ स्टोरमा रहेको ३५ हजार थान जिलेटिन समेत चोरी हुन गएको थियो । यो गम्भीर घटनाको अनुसन्धान गरी दोषिलाई सजाय दिई निर्दोषलाई छुटाउन अनुसन्धान सफल पारेकोमा राजा वीरेन्द्रबाट मध्यमाञ्चल क्षेत्रीय भ्रमणको सिलसिलामा चार ग्रेड थप गरिएको र सो कुरा राजपत्रमा समेत उल्लेख भएको थियो । नेपाल प्रहरी प्रमुख आइ.जीपीको पदमा रहँदा संगठनभित्रका प्रशासनिक र आर्थिक क्षेत्रमा सुधार, प्रहरी कर्मचारीहरुको मनोवल अभिवृद्धि गर्ने र प्रहरीको सीप विकाससम्बन्धी प्राविधिक पक्षमा लामाले धेरै महत्वपूर्ण कार्य गरेका थिए । उनले वि.सं २०४३ साल असार ३१ गते महानिरीक्षकको पदबाट अवकास पाएका थिए ।

प्रहरी सङ्गठनको आधुनिकीकरण र सक्षम नेतृत्व प्रदानमा स्वर्गीय लामाको योगदान जति छ, त्यति नै उनी विवादित पनि रहे । वि.सं २०३६ सालमा धनकुटाको छिन्ताङमा प्रहरी दमन गरी १५ जनाको हत्या प्रकरणमा लामा विवादमा तानिएका थिए । उनी साधारण लेखपढमात्रै भएका प्रहरी अधिकारी भए पनि पञ्चायती प्रधानमन्त्री तुल्सी गिरी र तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको सिफारिसमा आईजीपी बन्न सफल भएका थिए । २०४३ साल जेठमा सेवाबाट अवकाश पाएका लामा त्यसको केही महिनापछि नै सुन तस्करीको अभियोगमा पक्राउ परेका थिए । राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर गुरुङ २२ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । त्यस घटनाका मुख्य योजनाकार लामा भएको आरोप लाग्दै आएको छ । उनीसँगै तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका अंगरक्षक (प्रमुख सेनानी) भरत गुरुङ पनि लामासँगै समातिए । सोही अभियोगमा लामा र गुरुङ करिब ५ वर्षसम्म जेल बसे । जेलमा लामालाई धेरै यातना र केरकार गरिएको कुराहरु बाहिर आए । उनले लेखेको पुस्तकमा पनि आफूप्रति राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरी चरम यातना दिइएको र आफ्ना परिवारलाई समेत यातना दिइएको कुरा उल्लेख गरेका छन् । पछि अदालतले प्रमाण नपुगेको भन्दै लामालाई सफाइ दियो । आफूमाथि दरबारले प्रतिशोध लिन सुन तस्करीको अभियोगमा फसाएको स्पष्टोक्ति दिँदै लामा नेपाली कांग्रेस पार्टीको कार्यालयमा पुगी सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गरे । उनको अनुरोधलाई स्वीकार गरी एक समारोह नै आयोजना गरेर सभापति कोइरालाले नेपाली कांग्रेसको एक सक्रिय सदस्यको प्रमाण पत्र प्रदान गरे । त्यसपछि डिबि लामा आफ्नो जिल्ला नुवाकोट गई कांग्रेसको संगठन विस्तारमा पुनः सक्रिय भए । वि.सं २०५६ को आम चुनावमा नेपाली कांग्रेसको तर्फबाट रसुवा जिल्लामा उम्मेदवारको टिकट पाएपछि उनी निर्वाचनमा विजयी पनि भए । प्रतिनिधिसभाको संसद् भएपछि तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीकालमा मन्त्रिमण्डलमा सामान्य प्रशासन सहायकमन्त्रीको जिम्मेवारी पाएका थिए । स्वर्गीय लामा नेपाली कांग्रेस महासमिति सदस्यसमेत थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top