+
Search

ताजा अपडेट +

पपुलर +

तादी गाउँपालिकाको हिउँदे सभा सम्पन्न

डबली खबर
३ हप्ता अगाडी

११ चैत, नुवाकोट । तादी गाउँपालिकाको महत्वपूर्ण निर्णयहरू गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट संशोधन तथा प्रगति समीक्षा सभा भएको छ। गाउँपालिका अध्यक्ष सन्तमान तामाङको सभाध्यक्षतामा बसेको उक्त बैठकले पालिकाको विकास र प्रशासनिक सुशासनका लागि विभिन्न प्रस्तावहरू पारित गरेको छ।

सभामा गाउँपालिका उपाध्यक्ष एवं राजस्व परामर्श समितिका संयोजक सन्जु प्याकुरेलले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट, योजना तथा कार्यक्रम संशोधनका लागि प्रस्ताव पेश गरेका थिईन् । विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउन र आवश्यकताका आधारमा बजेटलाई परिचालन गर्न ल्याइएको रकमान्तर तथा शीर्षकन्तर गर्ने प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।

बैठकमा उपाध्यक्ष प्याकुरेलले न्यायिक समितिको संयोजकको हैसियतमा चालु आर्थिक वर्षमा सम्पादन भएका विभिन्न न्यायिक क्रियाकलापहरूको प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । स्थानीय स्तरमा विवाद समाधान र न्याय सम्पादनमा भएका उपलब्धिहरूका बारेमा सभालाई जानकारी गराइएको थियो।

यसैगरी, आर्थिक पाटोलाई पारदर्शी बनाउँदै गाउँपालिका र वडाहरूबाट हालसम्म संकलन भएको राजस्वको प्रगति विवरण सभामा पेश गरिएको थियो । सभाका सदस्यहरूबीच भएको छलफलपछि राजस्व र न्यायिक प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू र कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ