+
Search

ताजा अपडेट +

पपुलर +

सरकारलाई अध्यक्ष ओलीको चेतावनी: उत्ताउलिएर अघि नबढ्नु

KP Sharma Oli
डबली खबर
१ घण्टा अगाडी

२० जेठ, नुवाकोट ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिएका छन् ।

काठमाडौंमा आजबाट सुरु भएको सदस्यता नविकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले राणा शासन र पञ्चायती व्यवस्थाको आयु सकिएको बताँउदै उत्ताउलोपन लामो समय नटिक्ने बताए ।

सरकार अराजक शैलीमा प्रष्तुत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो तमासा लामो समय नटिक्ने बताए ।‘अराजकता केही दिनको पाहुना हो । लामो समय चल्दैन’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले भदौको विध्वंसकारी आन्दोलनपछि कुनै पनि राजनीतिक दलका कार्यकर्ता बोल्न सक्ने अवस्था नरहेको बेला एमालेका नेता कार्यकर्ता त्यस अराजकताका विरुद्ध बोल्न थालेको बताए ।

भदौ २४ पछि अराजकता र हिंसाको डरले कोही पनि बोल्न सकेका थिएनन् ’ अध्यक्ष ओलीले भने ‘त्यतिबेला एमालेका नेता कार्यकर्ता वडा वडाबाट बोले । जसले अरु पार्टीलाई पनि मुख खोल्ने ठाउँ बनाइदिए । त्यसैले म एमालेका सबै कमरेडहरुलाई धन्यवाद दिन्छु ।

गत फागुनको निर्वाचन तमासा मात्र भएको अध्यक्ष ओलीको भनाइ छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ