२ पुस, नुवाकोट । त्रिशूलीमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा दुईदिने निःशुल्क विद्यालय आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ।
पुस १ र २ गतेसम्म भएको कार्यक्रममा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोग तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहकार्यमा भएको हो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत आठ सय ७८ जना विद्यार्थीहरूको दृष्टि तथा आँखा परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए ।
कार्यक्रममा जाँच गरिएका विद्यार्थीहरूमध्ये एक सय १४ जनामा दृष्टिदोष देखिएको नेपाल आँखा अस्पताल काठमाडौँका राम केसीले जानकारी दिए ।
यस कार्यक्रमले विद्यालयस्तरमै आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै समयमै दृष्टि समस्या पहिचान गरी उपचारमा सहयोग पुर्याउने विश्वास विदुर नगपालिका-१ का वडा अध्यक्ष लेनिन रञ्जितले बताए ।
दृष्टिदोष भएका सम्पूर्ण विद्यार्थीहरुलाई सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा निःशुल्क चश्मा वितरण गरिएको छ।
यसघि नेपाल आँखा अस्पतालले मङ्सिर २८ र २९ गते धादिङ जिल्लाको बेनिघाटमा रहेको चन्द्रोदय माध्यामिक विद्यालयका छ सय ९५ जना विद्यार्थीहरुको दृष्टि तथा आँखा जाँच गरेको थियो।