sujim bazar advert

लिखुमा विद्यालय आँखा जाँच कार्यक्रम सुरु

डबली खबर     मंसिर ९, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

eye check up camp in Likhu RM Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

९ मङ्सिर, नुवाकोट । लिखु गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दृष्टि क्षमता सुधार गर्ने उद्देश्यले बृहत आँखा स्वास्थ्य परीक्षण अभियान सुरु भएको छ।

‘विद्यालय आँखा जाँच कार्यक्रम’ अन्तर्गत पालिकाभित्रका १३ वटा विद्यालयका एक हजार २ सय १६ जना विद्यार्थीको आँखा परीक्षण सुरु गरिएको तिलगंगा आँखा प्रतिष्ठान, लिखु ग्रामीण आँखा केन्द्रका इञ्चार्ज मनिषा पौडेल क्षेत्रीले जानकारी दिईन् ।

गत कात्तिक २८ गतेदेखि सुरु भएको ‘स्कूल आइ हेल्थ स्क्रिनिङ’ कार्यक्रम आगामी मंसिर २३ गतेसम्म संचालन हुने अभियान निरन्तर चल्ने उनले जानकारी दिईन् ।

स्वास्थ्यकर्मीको टोलीले विद्यालयमै पुगेर विद्यार्थीहरूको आँखा जाँच गरिरहेको छ। अभियानका क्रममा विद्यार्थीहरूमा देखिने दृष्टिदोष, आँखाका विभिन्न रोग, दृष्टि विकाससम्बन्धी समस्या तथा अन्य नेत्र जटिलताहरू पहिचान गरिनेछ। परीक्षणका क्रममा समस्या देखिएका विद्यार्थीलाई आवश्यक परामर्श, उपचार तथा निःशुल्क चश्मा वितरण गरिने जनाइएको छ।

सिकाइ क्षमता वृद्धि गर्ने लक्ष्य बालबालिकामा आँखाको समस्या समयमै पहिचान नहुँदा उनीहरूको पढाइ र सिकाइ क्षमतामा प्रत्यक्ष असर पर्ने उनले बताईन् । सोही कुरालाई मध्यनजर गर्दै शिक्षालयमै नियमित आँखाजाँचमार्फत बालबालिकाको दृष्टि संरक्षण गर्ने लक्ष्य राखिएको बताईन् ।

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको केन्द्रले यो कार्यक्रम सञ्चालन गरेको हो। अभियानमा द फ्रेड हलोज फाउन्डेसनको सहयोग र लिखु गाउँपालिकाको विशेष समन्वय रहेको छ।

यस कार्यक्रमले दीर्घकालीन नेत्र रोग नियन्त्रण गर्न र बालबालिकाको शैक्षिक भविष्य उज्ज्वल बनाउन मद्दत पुग्ने आयोजक संस्थाले जनाएको छ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top