२९ कात्तिक, नुवाकोट । शोभा ब्युटी सलोनको आयोजनामा विदुर–नगरपालिकाको बट्टारमा भएको सौन्दर्य उत्पादन तथा छाला स्वास्थ्यसम्बन्धी एक दिने कार्यशालामा ४३ जना ब्युटीपार्लर व्यवसायीहरुले सहभागिता जनाएका छन्।
आस्ता बेरी ब्राण्डका नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा एक्सपोर्ट इम्पोर्ट प्रालिको प्रायोजनमा भएको कार्यशालामा आस्ता बेरीका नयाँ उत्पादनहरूको परिचयसँगै छाला स्वास्थ्य सुरक्षा, सौन्दर्य सामग्रीको उचित छनोट तथा ब्युटीपार्लर व्यवसायसँग सम्बन्धित महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। आस्ता बेरी तथा सिप्ला हेल्थका बजार महानिर्देशक रामचन्द्र कोइरालाका अनुसार कार्यशालाले सौन्दर्य क्षेत्रमा प्रयोग हुने उत्पादनका गुणस्तर र सही प्रयोगबारे विस्तृत जानकारीसमेत समेटिएको थियो।
कार्यक्रममा ब्रिलियर साइन्सका राष्ट्रिय प्रबन्धक अनिमेष श्रेष्ठले ब्रिलियर ब्राण्डका विभिन्न उत्पादनबारे जानकारी दिँदै सौन्दर्य सामग्री छान्दा छालाको प्रकार र आवश्यकता अनुसार मात्र प्रयोग गर्नुपर्नेमा जोड दिए।
“छाला सुहाउने उत्पादन छनोट गर्नुपर्छ,” उनले भने, “बजारमा उपलब्ध सामान सहज रूपमा प्रयोग गर्नु अघि छाला पहिचान र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ, जसले दीर्घकालीन रूपमा सुन्दर रहन मद्दत गर्छ।”
त्यसैगरी मिसिसा कस्मेटिककी सौन्दर्य विशेषज्ञ मोना पाठक र आस्ताका टेक्नो बिक्री कार्यकारी तुलसा गुरागाईंले ब्युटीपार्लर व्यवसायमा आवश्यक कला, सौन्दर्य सामग्रीको उचित छनोट, छाला सम्बन्धी आधारभूत ज्ञान लगायत विषयमा सहजीकरण गरेका थिए। उनीहरूले आस्ता बेरीका सनस्क्रिन, फेसवाश, स्क्रब र फेसियल किटलगायत उत्पादनको उपयोग र प्रभावबारे पनि जानकारी प्रदान गरेका थिए।
आयोजक शोभा ब्युटी सलोनका प्रबन्धक शोभा पोखरेलका अनुसार यस्तो प्रकारको एक दिने कार्यशालाले ब्युटीपार्लर व्यवसायीहरूलाई आफ्नो सीप तथा सेवा प्रवाह झनै प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन्।
कम्पनीका सेल्स प्रबन्धक महानिर्देशक राजेश बस्नेतले उत्साहिपूर्ण ब्युटीपार्लर व्यवसायीहरूको सहभागिताले कार्यक्रम सफल र अर्थपूर्ण बनेको बताए ।
कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै आयोजना गरिएको कम्पनीका व्यवसाय विकास कार्यकारी गोवर्धन थापाले जानकारी दिए।































































प्रतिक्रिया