sujim bazar advert

डेबिट कार्डबाट २० हजार रुपैयाँमात्रै रकम झिक्न पाउने

डबली खबर     अशोज २४, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

man cash withdraw from ATM machine_2a4x062a4x062a4x
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

२४ असोज, नुवाकोट । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट रकम झिक्न पाउने रकमको सीमा घटाएको छ ।

केन्द्रीय बैंकले शुक्रबार भुक्तानीसम्बन्धी एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै डेबिट कार्डबाट झिक्न पाउने सीमा घटाएको हो । अब डेबिट कार्डबाट प्रतिकारोबार २० हजार रुपैयाँमात्रै झिक्न पाउने व्यवस्था गरेको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुको डेबिट कार्डमार्फत प्रतिकारोबार २५ हजार रुपैयाँ गर्न पाइन्थ्यो ।

त्यस्तै, अब प्रतिदिन ५० हजार रुपैयाँ मात्रै झिक्न सकिन्छ । साथै, प्रतिमहिना ३ लाख रुपैयाँ मात्रै डेबिट कार्डमार्फत झिक्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

यसघि डेबिट कार्डमार्फत प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्था थियो । राष्ट्र बैंकले प्रिपेड कार्ड र क्रेडिट कार्डको कारोबार रकम सीमा भने यथावत नै राखेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top