+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा विद्यालयबाट घर फर्कंदै गरेका बालिकालाई खोलाले बगायो

death body
डबली खबर
८ महिना अगाडी

१८ भदौ, नुवाकोट । विद्यालयबाट घर फर्कंदै गरेकी एक बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ ।

तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा करिब ४ बजेर ३० मिनेटमा आएको भलबाढीले बगाउँदा एक जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जानकारी दिए ।

खोलाले बगाउँदा बालकक्षामा अध्ययनरत स्थानीय रामबहादुर तामाङका ४ वर्षीया छोरी शशिकला तामाङको निधन भएको उनले जानकारी दिए ।

उनका अनुसार खोलाको कल्भर्ट पार गर्न हात समाएर चार जना विद्यार्थीहरू तर्ने क्रममा शशिकलालाई खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो ।

खोलाले बगाएर शशिकलालाई करिब एकसय मिटर तल पुर्‍याएको तादी–२ का अध्यक्ष बच्चुराम तामाङले जानकारी दिए ।

खोलाले बगाएर अन्य ३ जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा जोयस तामाङ, ज्योति तामाङ र सुस्मा तामाङ रहेको छ । उनीहरूको अहिले खरानीटार अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ