१३ भदौ, नुवाकोट । पुर्व घोषित कार्यक्रम अनुसार नेपाल शिक्षक महासंघ विदुर समितिले विदुर नगरपालिकामा आज तीन घण्टा धर्ना दिएको छ ।
धर्नापछि समितिले विगतका वर्षमा गरिएको तीन ठूला आन्दोलनहरूमा नेपाल सरकारसँग भएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी र प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेललाईलाई संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
कार्यक्रममा विदुर नगरपालिका क्षेत्रका स्थायी, राहत, अस्थायी, करार लगायत सबै प्रकृतिका शिक्षक एवम् कर्मचारीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया