१२ भदौ, नुवाकोट । नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) नुवाकोटले प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
आज बिहिबार विद्यालय शिक्षा ऐन २०२८ लाई संसोधन गरेर बन्न लागेको विद्यालय शिक्षा विधेयकमा समेटिएका केही बुँदाहरुमा असहमति जनाउँदै केन्द्रीय समितिको निर्णय अनुसार प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको टोलीले प्रमुख जिल्ला अधिकारी घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको मागका विषयमा ध्यानाकर्षण गराएको हो ।
ज्ञापनपत्रमा निजी विद्यालयहरुलाई क्रमशः पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाईनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिईनुपर्ने र छात्रवृत्ति अन्तरगत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाई शुल्क मात्रै कायम हुनुपर्ने, गैर नाफामुलक बनाईनेछ भन्ने वाक्याशं हटाईनुपर्ने र एकीकृत छात्रवृत्ति प्रणाली उल्लेख छ ।
माग सम्बोधन नभए विद्यालय बन्द गरी थप शसक्त आन्दोलन गर्ने प्याब्सन नुवाकोटका अध्यक्ष अधिकारीले चेतवानी दिए।

प्रतिक्रिया