+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक सञ्जाल दर्ताका लागि एक हप्ते समयसीमा

prithvi subba gurung
डबली खबर
९ महिना अगाडी

११ भदौ, काठमाडौं । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १० वटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।

निर्णयमा औद्योगिक पूर्वाधारको विकास, कूटनीतिक भ्रमण, प्रशासनिक सुधार, वातावरणीय संरक्षण र सामाजिक सञ्जाल नियमन जस्ता विविध विषय समेटिएको छ ।

बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न विभिन्न निर्णय गरेको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेश बमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन एक हप्ताको समयसीमा दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय भएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ