+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा पनि निजी तथा आवासीय विद्यालय आन्दोलित

pabson nuwakot bus rally
डबली खबर
८ महिना अगाडी

६ भाद्र, नुवाकोट – संघीय शिक्षा ऐनमा केही प्रावधानको विरोधमा यतिबेला देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित छन्।

शुक्रबार प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्तरुपमा गरेको विरोध प्रदर्शनअन्तर्गत नुवाकोटका निजी तथा आवासीय विद्यालयहरुका बस लामबद्ध रुपमा चलाएर विदुर नगरपालिका परिक्रमा गरेको छ ।

गैरनाफामूलक बनाउने र पूर्णछात्रवृत्ति व्यवस्था हटाउन माग गर्दै चारै ओटा संस्थाहरु चरणबद्ध आन्दोलनमा अन्तर्गत बसमा कालो झण्डा र कालो व्यानरसहित उनीहरुले विरोध गरेको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए। संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको भन्दै विरोध गरिएको अधिकारीले बताए।

बस २० प्रति किलोमिटर चलाएर विरोध प्रदर्शन गरिएको प्याबसन विदुर कमिटीका अध्यक्ष रामराजा कुमालले बताए ।

‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने, विद्यालयहरुमा उत्पादन नहुने सामग्री जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना, खाजा प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरुलाई गैरनाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायत माग उक्त विद्यालय संस्थाको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ