२९ असार, नुवाकोट। तारकेश्वर गाउँपालिका–५ स्थित शंखादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजाराम अधिकारीले लेखापालको हस्ताक्षर दुरुपयोग गरेर आर्थिक अपचलन गरिएको पाईएको छ ।
विद्यालयकी तत्कालीन लेखापाल अनिता तामाङले आफ्नो हस्ताक्षर दुरुपयोग गरेर विद्यालयले आर्थिक अपचलन गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेकी छिन् ।
विद्यालयका तत्कालीन लेखापाल तामाङले हिमालयन बैंक तारकेश्वर शाखालाई पत्र लेख्दै उक्तकुरा बताएकी हुन् ।
तामाङले बैंकलाई लेखेको पत्रमा आफू विगत ६ महिनादेखि अध्ययनका लागि विदेशमा रहेको र ६ महिनायताको आर्थिक कारोबारमा आफ्नो संलग्नता नभएको जनाएको छ ।
विद्यालयमा तत्कालीन लेखापाल अनिता तामाङ र प्रधानाध्यापक राजाराम अधिकारीको संयुक्त हस्ताक्षरमा हिमालयन बैंकमा कारोबार हुँदै आएको थियो ।

प्रतिक्रिया