+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कविता वाचनमा सुलक्षणा प्रथम

कविता वाचनमा सुलक्षणा प्रथम
डबली खबर
९ महिना अगाडी

२६ असार, नुवाकोट – निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटद्वारा आयोजित कविता लेखन तथा वाचनमा सुभेनियर बोर्डिंङ स्कुलकी सुलक्षणा कँडेल प्रथम भएकी छिन् ।

विदुरमा भएको प्रतियोगितामा नुवाकोट ग्लोरी इङ्गलिस बोर्डिंङ स्कुलका सदिक्षा भट्टराई द्वितीय र ओम माने पब्लिक स्कुलकी स्मारिका बराईली तृतीय भएका छिन् ।

यस्तै, अर्किड एकेडेमी नुवाकोटकी सुमिना रिमाल र स्पार्कल इन्टरनेशनल स्कुलकी आराध्या अधिकारीले सान्त्वना स्थान प्राप्त गरिन् ।

विजेताहरुलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, प्याब्सन अध्यक्ष पुरुषोत्तम अधिकारीलगायतले प्रमाणपत्र र मायाको चिनो पुरस्कार प्रदान गरेका थिए ।

“प्रकृति” शिर्षक दिईएको कविता लेखन तथा वाचन प्रतियोगितामा १२ विद्यालयका २१ विद्यार्थीहरुको सहभागिता रहेको प्याब्सन नुवाकोटका सचिव रामजी भट्टले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ