२२ असार, नुवाकोट । त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा यसवर्ष देखि ११ कक्षामा विज्ञान विषय निःशुल्क अध्यापन गराइने भएको छ। आईतवार विद्यालयमा आयोजित एसइई उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रममा सो कुराको जानकारी गराइएको हो।
विज्ञान प्रबर्द्धन कार्यक्रम अन्तर्गत कक्षा ११ मा निःशुल्क विज्ञान विषय अध्यापन गराईने विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले जानकारी दिए ।
सामुदायिक विद्यालय नमुना विद्यालयको रूपमा छनोट भएको विद्यालयमा छात्राहरुका लागि निःशुल्क खाना र आवाससहितको छात्रावासको सुविधा छ । छात्रको लागि छात्रवृत्तिको व्यवस्था गरिएको उनले बताए ।
साथै, एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीले विद्यालयमा अध्यापन गराईने विज्ञान, व्यवस्थापन, मानविकीय र शिक्षामा पूर्ण छात्रवृत्तिको सुविधा रहेको उनले जानकारी दिए ।
भौतिक र शैक्षिक विशेषता, शिक्षक, शिक्षिकाको मेहनत, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको उचित व्यवस्थापनले नै त्रिभुवन त्रिशूली मावि नुवाकोटको रोजाइको विद्यालय बनेको छ ।
प्रतिक्रिया