१५ असार, नुवाकोट । विदुर नगरपालिका वडा नं ३ स्वास्थ्य चौकी खड्गभञ्ज्याङ्गलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्था छनौट गरिएको छ ।
किशोर किशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका, २०७९ अनुसार ४५ वटा सूचकको मूल्याकन सूचाकाङ्कको आधारमा किशोर किशोरीमैत्री स्वास्थ्य संस्था छनौट गरिएको विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले जानकारी दिए ।
किशोर किशोरीहरुमा हुने प्रजनन् दरलाई घटाउने उद्देश्यले सुरु गरेको किशोर किशोरीमैत्री स्वास्थ्य सेवा विदुर नगरपालिकामा प्रभावकारी बनेको छ ।
किशोर किशोरीको मुख्य स्वास्थ्य अवस्था शारीरिक परिवर्तन, महिनावारी, बालविवाह, मानसिक स्वास्थ्य, प्रजनन स्वास्थबारे सचेत गराई समस्याको सहि व्यवस्थापन गर्न यो कार्यक्रम लागु हुने जनाएको छ ।
गत वर्ष यो कार्यक्रम विदुर नगरपालिका-८ को भैरमकोट स्वास्थ्य संस्थामा सञ्चालन गरिएको थियो ।




















प्रतिक्रिया