+
Search

ताजा अपडेट +

पपुलर +

डिजिटल वालेटमा दशैंलक्षित सुविधा, दैनिक ५० पटकसम्म रकम जम्मा गर्न सकिने

डबली खबर
३५ मिनेट अगाडी

असोज ३०, काठमाडौं । नेपाल राष्ट्र बैंकले बडादशैंको शुभ अवसरमा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक परिपत्र जारी गर्दै वडा दशैंको शुभ अवसरमा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म उक्त व्यवस्था गरेको हो ।

साथै, विभागले शुभ दीपावली तथा छठ पर्वको अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म पनि उक्त व्यवस्था लागू गरेको छ ।

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको अप्रा निर्देशन नं. ५र०८२ को बुँदा नं. ३ को उपबुँदा २ मा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो। विभागले चाडपर्वको समयमा हुने वित्तीय कारोबारलाई सहज बनाउने उद्देश्यले उक्त सीमालाई निश्चित अवधिका लागि बढाएको हो।

उक्त अवधिमा वालेटमा रकम जम्मा गर्ने कारोबारको संख्या र कारोबारको कुल रकमको विवरण नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनसमेत भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिइएको छ।

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ