+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा २६८ मिटर लामो झोलुङ्गे पुल निर्माण

डबली खबर
२ मिनेट अगाडी

असोज ३०, नुवाकोट । नेपाल निर्माण व्यवसायी महासङ्घले विदुर नगरपालिका ढुङ्गेस्थित त्रिशूली नदीमाथि २६८ मिटर लामो झोलुङ्गे पुल एक महिनामै निर्माण गरेको छ ।

गत भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली बजार र ढुङ्गे बजार जोड्ने पुल बगाएपछि महासङ्घले आफ्नै कोषबाट र्निर्माण गरेको नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेले बताए । महासङ्घको आर्थिक सहयोग तथा नुवाकोट निर्माण व्यवसायी सङ्घको सक्रियतामा पुल निर्माण भएको उनले बताए ।

नवनिर्मित पुलको उद्घाटन नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डे र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले संयुक्तरुपमा आज एक कार्यक्रमकाबिच गरेका हुन् ।

पुल सञ्चालनमा आएपछि बाढीबाट प्रभावित स्थानीयको आवतजावत सहज हुने र जनजीवन सामान्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पुल निर्माणमा सस्पेन्सन ब्रिज डिभिजन, पूर्वाधार विकास कार्यालय नुवाकोट र विदुर नगरपालिकाले पनि प्राविधिक तथा अन्य सहयोग गरेका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ