२७ वैशाख, नुवाकोट । विदुर नगरपालिकाले मानसरोवर तिर्थयात्रामा हिँडेका नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्षहरु सुरज वैद्य र कुशकुमार जोशीको टोलीलाई स्वागत गरेको छ ।
शनिबार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठसहितको पदाधिकारी, कार्यसमिति एवं नुवाकोटका उद्योगी व्यवसायीहरुले नुवाकोट हुँदै जान लागेका उक्त टोलीलाई स्वागत स्वागत गरेका हुन् ।
उक्त अवसरमा नगरप्रमुख श्रेष्ठले आर्थिक, व्यवसायिक एवं उद्योगको प्रचुर सम्भावनाको भूमि नुवाकोट जिल्लामा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै मानसरोवर तिर्थयात्राको सफलताको कामना गरेका थिए ।
तिर्थयात्रा टोलीमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व कोषाध्यक्ष महेन्द्रलाल प्रधान लगायत विभिन्न जिल्लाका ६० जना उद्योग व्यवसायीहरु रहेका छन् ।
प्रतिक्रिया