sujim advert

त्रिशूली सहकारीले मनायो २५औं वार्षिकोत्सव

डबली खबर     १ महिना अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

trishuli saving and credit cooperative in Nuwakot
bidur tax consultancy services in nuwakot

चैत २९, नुवाकोट । त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ ।

सहकारीले बुधबार कार्यालयमा एक कार्यक्रमका बीच नयाँ वर्ष २०८२ को क्यालेण्डर विमोचन तथा अन्तरक्रिया कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले क्यालेण्डर विमोचन गरेका हुन् । सहकारीका पदाधिकारीको टोलीले त्रिशूली बजारमा घरदैलोमार्फत् आफ्ना शेयर सदस्य तथा सदस्यहरुलाई क्यालेण्डर वितरण गरेका थिए ।

सहकारीले पदाधिकारी र शेयर सदस्हरुयबीच सदस्य केन्द्रीत सेवा तथा अनिवार्य नियमित बचत विषयमा अन्तरक्रिया गरेका थिए ।

सहकारीले वार्षिकोत्सवको अवसरमा विदुर नगरपालिका-५ मा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आउने सहजताका लागि पानी प्रशोधित उपकरण हस्तान्तरण गरेको छ । सहकारीका अध्यक्ष श्रेष्ठले चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीलाई उक्त उपकरण हस्तान्तरण गरेका थिए ।

यसैगरी, सहकारीले त्रिशूलीमा रहेको राम मन्दिरको पूर्णरुपमा मुख्य प्रवेशद्वार निर्माण गरी दिएको छ ।

सहकारीले सदस्य सेवा केन्द्र बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमार्फत पनि सेवा दिँदै आईरहेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top