+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली सहकारीले मनायो २५औं वार्षिकोत्सव

trishuli saving and credit cooperative in Nuwakot
डबली खबर
१ साल अगाडी

चैत २९, नुवाकोट । त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ ।

सहकारीले बुधबार कार्यालयमा एक कार्यक्रमका बीच नयाँ वर्ष २०८२ को क्यालेण्डर विमोचन तथा अन्तरक्रिया कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले क्यालेण्डर विमोचन गरेका हुन् । सहकारीका पदाधिकारीको टोलीले त्रिशूली बजारमा घरदैलोमार्फत् आफ्ना शेयर सदस्य तथा सदस्यहरुलाई क्यालेण्डर वितरण गरेका थिए ।

सहकारीले पदाधिकारी र शेयर सदस्हरुयबीच सदस्य केन्द्रीत सेवा तथा अनिवार्य नियमित बचत विषयमा अन्तरक्रिया गरेका थिए ।

सहकारीले वार्षिकोत्सवको अवसरमा विदुर नगरपालिका-५ मा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आउने सहजताका लागि पानी प्रशोधित उपकरण हस्तान्तरण गरेको छ । सहकारीका अध्यक्ष श्रेष्ठले चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीलाई उक्त उपकरण हस्तान्तरण गरेका थिए ।

यसैगरी, सहकारीले त्रिशूलीमा रहेको राम मन्दिरको पूर्णरुपमा मुख्य प्रवेशद्वार निर्माण गरी दिएको छ ।

सहकारीले सदस्य सेवा केन्द्र बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमार्फत पनि सेवा दिँदै आईरहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ