sujim advert

तामाङ उत्कृष्ट व्यवस्थापक

डबली खबर     १ महिना अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

pramila gurung reward from best of the manager in Nuwakot cooperative
bidur tax consultancy services in nuwakot

२० चैत, नुवाकोट । जिल्ला सहकारी सङ्घ नुवाकोटले प्रमिला तामाङ उत्कृष्ट व्यवस्थापकबाट सम्मानित गरेको छ ।

आज बुधबार ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच ग्लोबल उपभोक्ता सहकारी संस्थाका व्यवस्थापक रहेकी तामाङलाई उत्कृष्ट व्यवस्थापकबाट सम्मान गरिएको हो ।

बागमती प्रदेश सभासदस्य रमेशकुमार महतले तामाङलाई सम्मान पत्रसहित खादा ओढाई सम्मान गरेका हुन् ।

तामाङले सहकारीमा २०७४ देखि कार्य गर्दै आई रहेकी थिईन् ।

सहकारी संस्थाको प्रबर्द्धन, विकास र संस्थागत सुशासनमा उल्लेखनीय भूमिका निर्वाह गरि योगदान पुर्याएकोले उच्च मूल्यांकन गर्दै तामाङलाई सम्मान गरिएको सङ्घका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

यसैगरी, छहारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक नारायणप्रसाद खनाललाई उत्कृष्ट सञ्चालक र आदर्श बहुद्धेशीय सहकारी संस्था लिमिटेडका बुद्धिलाल श्रेष्ठलाई उत्कृष्ट कर्मचारीबाट सम्मान गरिएको छ ।

त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सबैभन्दा बढी राजश्व बुझाउन सफल भएको सम्मान गरेको छ ।

दुई पिपल साना किसान महिला सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान गरिएको छ ।

यसैगरी, सङ्घका पूर्वअध्यक्ष गोकर्णनाथ न्यौपानेलाई सहकारी अभियन्ताबाट सम्मान गरिएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top