१९ चैत, नुवाकोट । ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित वक्तृत्वकलामा सुनिता तामाङ प्रथम भएकी छिन् ।
सोमबार विदुर नगरपालिकाले आयोजना गरेको ‘मर्यादित सहकारी: समुन्नत समाज’ विषयक वक्तृत्वकलामा प्रतियोगितामा समृद्धि बचत तथा ऋण सहकारी संस्थाका सुनिता प्रथम भएकी हुन् ।
तुप्चे साना किसान सहकारी संस्थाका विजया तिवारी अधिकारी द्वितीय र श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारी संस्थाका श्रीराम नेपाल तृतीय भएका छन् ।
यसैगरी बच्छला बहुउद्देश्यीय सहकारी संस्थाका पुरुषोत्तम अधिकारीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
विजेताहरुले क्रमश: ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कारसहित र सम्मानपत्र प्रदान गरिएको सहकारी शाखाकी प्रमुख नानीमैया नेपालले जानकारी दिईन् ।
विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी र १ नम्बर वडाका अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लेनिन रञ्जितले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा नगरपालिका क्षेत्रमा सञ्चालित सहकारी प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया