पत्रकारिता आधुनिक युगमा एक महत्वपूर्ण पेसा भए पनि यस क्षेत्रमा महिलाहरूले विभिन्न चुनौतीहरू सामना मात्र गरिरहनुपरेको छैन, समाजका परम्परागत सोच, लैंगिक भेदभाव, सुरक्षाका चुनौतीहरू तथा पेशागत असमानताले महिला पत्रकारहरूको यात्रा कठिन बनाएको छ । सबैभन्दा ठूलो चुनौती सामाजिक रूढीवाद हो, जसले महिलाहरूलाई सीमित भूमिकामा बाँध्न खोज्छ । धेरै समाजमा पत्रकारिता अझै पनि पुरुषप्रधान पेशाका रूपमा हेरिन्छ, जसले गर्दा महिलाहरूलाई अग्रसर हुन कठिनाइ हुन्छ । विशेष गरी युद्ध, अपराध र राजनीति जस्ता संवेदनशील विषयमा रिपोर्टिङ गर्ने महिला पत्रकारहरू थप जोखिममा रहन्छन् ।
सुरक्षाका दृष्टिकोणले पनि महिला पत्रकारहरू असुरक्षित महसुस गर्छन्। फिल्ड रिपोर्टिङका क्रममा उनीहरू हिंसा, दुव्र्यवहार र धम्कीको शिकार बन्न सक्छन्। डिजिटल पत्रकारितामा समेत महिला पत्रकारहरूमाथि साइबर आक्रमण, ट्रोलिङ र अनलाइन उत्पीडनको सामना गर्नुपर्छ । पेशागत असमानताको अर्को रूप तलब र अवसरमा देखिन्छ। धेरै संस्थामा महिला पत्रकारहरूलाई समान अवसर प्रदान गरिँदैन, र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सीमित रहन्छ। यद्यपि यी चुनौतीहरूका बीच पनि महिला पत्रकारहरूले सफलता हासिल गरिरहेका छन्। उनीहरूको मेहनत, दृढता र साहसले समाज परिवर्तनको मार्ग खोलिरहेको छ। महिलाहरूका आवाज बुलन्द पार्ने, लैंगिक न्यायको विषय उठाउने तथा निष्पक्ष रिपोर्टिङ गर्ने उनीहरूको भूमिका सराहनीय छ।
महिला पत्रकारितालाई अझ प्रवद्र्धन गर्न नीतिगत सुधार, सुरक्षा प्रवन्ध तथा समान अवसरको सुनिश्चितता आवश्यक छ। समाज र सञ्चारमाध्यमले महिला पत्रकारहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको सुरक्षाका लागि ठोस कदम उठाउनु महत्त्वपूर्ण छ।
१. संख्यात्मक वृद्धिः
पछिल्लो समय पत्रकारितामा महिलाहरूको संख्या वृद्धि भए पनि नेतृत्व तहमा उनीहरूको सहभागिता अझै न्यून छ ।
२. नयाँ पुस्ताको सक्रियताः
युवा पुस्ताका महिलाहरू डिजिटल मिडिया, अनलाइन पत्रकारिता, टेलिभिजन, र रेडियोमा सक्रिय भईरहेका छन्।
३. सीमित अवसरः
महिलाहरू पत्रकारितामा प्रवेश गरे पनि उनीहरूलाई निर्णय–तहमा पु¥याउने अवसर न्यून छ।
४. क्षमता विकासका अवसरहरूः
महिला पत्रकारहरूका लागि विभिन्न तालिम तथा गोष्ठीहरू आयोजना हुने गरे पनि कार्यस्थलमा कार्यान्वयनको अभाव छ।
महिला पत्रकारिताका प्रमुख चुनौतीहरू
१. लैङ्गिक विभेदः पुरुषको तुलनामा महिला पत्रकारलाई कमजोर ठान्ने मानसिकता अझै पनि कायम छ।
२. सुरक्षा चुनौतीः विशेष गरी मोफसलमा कार्यरत महिला पत्रकारहरूलाई विभिन्न किसिमका हिंसा, दुर्व्यहार, र धम्कीको सामना गर्नुपर्छ।
३. पारिवारिक र सामाजिक दबाबः परम्परागत सोचका कारण महिलाहरूलाई घरायसी काममा सीमित गराउने प्रवृत्ति अझै हट्न सकेको छैन।
४. अर्थिक अस्थिरताः महिला पत्रकारहरूलाई उचित पारिश्रमिक नदिनु तथा अवसरहरू सीमित गर्नु उनीहरूको आर्थिक सुरक्षामा ठूलो समस्या बनेको छ।
५. पेसागत विकासको अवरोधः पत्रकारिताको क्षेत्रमा काम गर्ने महिलाहरूले उच्च पदमा पुग्न कठिनाइ भोग्नु परेको छ। सञ्चार गृहहरूमा निर्णय तहमा महिला सहभागिता न्यून हुनु यसको मुख्य कारण हो।
६. सहकर्मीको असहयोगः कतिपय अवस्थामा पुरुष सहकर्मीहरूबाट सहयोग नपाउनु, अपहेलना भोग्नु, र कार्यस्थलमै विभेद खेप्नु पनि चुनौतीका रूपमा रहेको छ।
समाधानका उपाय
लैङ्गिक समानताको प्रवद्र्धनः महिला पत्रकारहरूलाई अवसर प्रदान गरिनु आवश्यक छ। सुरक्षा प्रणालीको मजबुतीकरणः कार्यस्थलमा महिला पत्रकारहरू सुरक्षित हुन आवश्यक कानूनी सुरक्षा उपाय अपनाइनु पर्छ। नेतृत्व तहमा पहुँचः महिला पत्रकारहरूलाई नेतृत्व तहमा पु¥याउन विशेष नीति तथा कार्यक्रम ल्याइनु आवश्यक छ। परिवार र समाजको सहयोगः पत्रकार महिलाहरूलाई घरपरिवार तथा समाजले साथ दिनु आवश्यक छ ताकि उनीहरू स्वतन्त्र रूपमा काम गर्न सकून्।
निष्कर्ष
महिला पत्रकारिताको अवस्था सुधारोन्मुख भए पनि अझै धेरै चुनौतीहरू विद्यमान छन्। समाज, सञ्चार गृह, र नीति निर्माताहरूको सहयोग बिना यी समस्याहरू समाधान गर्न गाह्रो हुनेछ। यदि सञ्चार क्षेत्रमा लैङ्गिक समानता कायम गरियो भने मात्र महिला पत्रकारहरूले स्वतन्त्र रूपमा काम गर्न पाउनेछन्, जसले समग्र पत्रकारिताको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ।
लेखिका नेपाल पत्रकार महासंघ, नुवाकोटकी पुर्व उपाध्यक्ष तथा मिक्स एफएमकी स्टेशन प्रबन्धक हुन् ।
प्रतिक्रिया