+
Search

ताजा अपडेट +

पपुलर +

टोखा-छहरे सडकमा टाइम कार्ड लागू

public vehicle timecard in Nuwakot
डबली खबर
१ साल अगाडी

१४ फागुन, नुवाकोट । सवारी दुर्घटना न्यूनीकरण गर्न त्रिशुली-छहरे-टोखा-काठमाडौं सडकखण्डमा ‘टाइम कार्ड’ लागु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज बुधबार जारी गरिएको सार्वजनिकका यातायातका साधनमा ‘टाइम कार्ड’ लागू गरिएको सूचनाअनुसार भोलि फागुन १५ बिहीबारदेखि टाइम कार्ड लागू हुनेछ ।

कार्यालयले विस्तारित शहरीकरण, बढ्दो सवारीसाधन चाप एवम् सवारी दुर्घटनाबाट हुन सक्ने विपद जोखिमलाई मध्यनजर गर्दै ‘टाइम कार्ड’ लागु गरेको हो ।

सडकमा सवारीसाधनको अत्यधिक चाप बढ्ने, तीव्र गतिमा सवारीसाधन चलाउने अतथा सवारी नियमको उल्लङ्घनसमेत बढ्न गई हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न राजमार्गमा ‘टाइम कार्ड’ लागु गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले बताए ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ एउटा उत्तम विकल्प भएको यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा रहेको हुमागाईंले बताए । जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न टाइम कार्ड लागु गर्ने र त्यसका लागि ‘टाइम कार्ड’ बनाएर लागु गरिएको उनको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ प्रभावकारी हुन सक्छ भन्ने उद्देश्यले लागु गरिएको उनले बताए ।

त्रिशुली-छहरे-टोखा-काठमाडौं सडकखण्ड हुदैँ कुनै पनि सवारीसाधान दुई घण्टा ५६ मिनेटभन्दा अघि काठमाडौंबाट नुवाकोट र नुवाकोटबाट काठमाडौं पुगेमा कारवाही गरिने जनाएको छ । जसको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले ‘टाइम कार्ड’ पत्र पनि जारी गरेको छ। हरेक सार्वजनिक साधनले समयसीमा अभिलेख गरी यात्रा गर्नुपर्ने छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ