sujim bazar advert

स्वर्गीय सुनारको स्मृतिमा शोकसभा

डबली खबर     फाल्गुन ५, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Condolences in memory of the late dhanamaya sunar
Big Education Consultancy Nuwakot
global ime bank flash loan

५ फागुन, नुवाकोट । नेकपा एमाले विदुर नगर पालिका ९ नम्बर वडा कमिटीको आयोजनामा जिल्ला कमिटी सदस्य तथा विदुर नगरपालिकाका निर्वाचित वडा सदस्य स्वर्गीय धनमाया सुनारको स्मृतिमा शोकसभा गरिएको छ । 

सोमबार स्वर्गीय सुनारको स्मृतिमा आयोजितमा शोकसभामा बोल्दै नेकपा एमालेकी केन्द्रीय सदस्य विन्दा ढुङ्गाना र पार्टी अध्यक्ष बद्री मैनालीले स्वर्गीय सुनारले पार्टी र समाजमा पुर्याउनु भएको योगदानको बारेमा चर्चा गर्दै शोक मन्तव्य राखेका थिए ।

सभामा बागमती प्रदेश कमिटी सदस्य एवं पूर्वमेयर सञ्जु पण्डित, नेकपा नुवाकोटका सचिव शिवकुमार चित्रकारलगायत पार्टीका कार्यकर्ता र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

स्वर्गीय सुनारले विदुर नगरपालिका-९ को कार्यवाहक वडा अध्यक्षको रुपमा समेत कार्य गरेका थिए। सुनारले दलित महिला सदस्यमा १ हजार २५ मत प्राप्त गरी निर्वाचित भएकी थिईन् ।

शोक विदामा मेयर, उपमेयर र वडा अध्यक्ष महोत्सवमा

स्वर्गीय सुनारको गत माघ २६ गते देवीघाटमा नुहाउने क्रममा खोलाले बगाएको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top