२७ माघ, नुवाकोट । शोक विदामा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले औपचारिक कार्यक्रममा आफ्नो सहभागिता जनाएका छन् ।
आज आईतबारदेखि सुरु भएको प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सवको उद्घाटन सत्रको औपचारिक कार्यक्रममा मेयर श्रेष्ठ, उपमेयर बोगटीसहित ५ नम्बरका वडा अध्यक्ष लिलानाथ न्यौपाने, २ नम्बरका अध्यक्ष दिपक कायस्थ र ८ नम्बरका अध्यक्ष कमल श्रेष्ठले कार्यक्रममा सहभागिता जनाएका छन् ।
कार्यक्रमको सभापतित्व महोत्सव समारोहका मूल समिति संयोजक तथा विदुर नपा-५ नम्बरका वडा अध्यक्ष न्यौपानेले गरेका थिए ।
विदुर नगरपालिकाले आज ९ नम्बर वडाकी सदस्य तथा नगर सभासदस्य धनमाया सुनारको माघ २६ गते खोलाले बगाएर भएको निधनमा शोक विदा दिएको थियो । आज सुनारको अन्त्यष्टि गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले विदुर नगरपालिकाले खेलकुदका विभिन्न विधाका ब्याडमिन्टन, क्रिकेट, एथलेटिक्स, बुद्धिचाल लगायतका खेलको विकास गर्दै समग्र जिल्लाको आर्थिक, पर्यटनमा टेवा पुर्याएको बताएका छन् ।
आफ्नो विकासबद्ध कार्यक्रममा खुट्टा तान्ने कार्य भई रहेको हुनाले सकारात्मक सोच राखी सबैमिलि हातेमालो गर्न उनले अनुरोध गरेका छन् ।
खोलाले बगाएर वडा सदस्यको मृत्यु
पिपलटार फुटबल क्लबको आयोजनामा भएको महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका छन् । महोत्सव फागुन ७ गते सम्म सञ्चालन हुनेछ ।
शोक विदाको सूचना

प्रतिक्रिया