२६ माघ, नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ९ की वडासदस्य धनकुमारी सुनार मृत्यु भएको छ ।
शनिबार बिहान देविघाटस्थित जालपा मन्दिरमा दर्शनार्थ खोलामाा नुवाउने क्रममा सुनारलाई नदीले बगाएको थियो ।
बेपत्ता भएकी सुनारलाई खोजी क्रममा नेपाल प्रहरी विपद व्यवस्थापनको उद्धार टोलीले बेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटीस्थित त्रिशूली नदिमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख दुर्गाराज रेग्मीले जानकारी दिए ।
वडासदस्य सुनार नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य हुन् । सुनारले दलित महिला सदस्यमा १ हजार २५ मत प्राप्त गरी निर्वाचित भएकी थिईन् ।
वडासदस्य सुनारको निधनमा विदुर नगरपालिकाले आईतबार शोक विदा दिएको छ ।

प्रतिक्रिया