sujim bazar advert

विदुरमा एचपिभी खोप ९९.९ प्रतिशत लक्ष्य हासिल

सुनील श्रेष्ठ     माघ २९, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

hpv vaccine Bidur Municipality Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२९ माघ, नुवाकोट । ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोपको राष्ट्रिय अभियान अन्तर्गत विदुर नगरपालिकाले ९९.९ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

तथ्यांकअनुसार खोप अभियानमा नगरपालिकाका दुई हजार ७४७ जना किशोरीहरुले खोप लगाएको विदुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामराजा भण्डारीले जानकारी दिए । लक्ष्यभन्दा तीन जना किशोरीले खोप नलगाएको देखिएको छ । नगरका दुई हजार ७५० जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

सबैभन्दा बढी ९ नम्बर वडाका शहरी स्वास्थ्य केन्द्रमा १०७.१ प्रतिशतले खोप लगाएका छन् भने सबैभन्दा कम २ नम्बर वडाको नुवाकोट स्वास्थ्य चौकीमा ८८.६ प्रतिशत छ ।

नगरपालिकाका ४४ वटा विद्यालय र १९ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र बनाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिएको थियो ।

बालविवाह गरी अन्यत्र गएका, आफ्नै स्रोतमा लगाएको, बिरामी भएको लगायतका कारणले केही किशोरीहरुले खोप नलगाएको उनले जानकारी दिए । किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा दिइने खोप सुरक्षित रहेतापनि केहिले अझै पनि पारिवारिक कारण र खोपबारे भ्रमले पनि खोप लगाउन नपाएको उनले बताए ।

‘अहिले नगरपालिकासँग तीन डोज बाँकी छ’, उनले भने ‘खोप लगाउन छुटेका केन्द्र वा स्थानमा भोलिदेखि हामी र सम्बन्धित महिला स्वास्थ्य स्वयंसेविकासहितको टोली घरदैलो गरेर तथ्यांक निकाल्छौँ । खोपको भ्रम र यथार्थबारे अभिभावकसँग भेट गरी खोप लगाउन पहल गर्ने छौं ।’

घरदैलोबाट छुटेको तथ्यांकअनुसार खोप माग गरी राष्ट्रिय अभियानको समयसिमाभित्र खोप लगाउने उनले बताए ।

लक्ष्यभन्दा बढी ६ खोप केन्द्रबाट बढी २१ जना किशोरीहरुलाई खोप लगाईएको उनले जानकारी दिए । जिल्लाबाहिरका रहेका किशोरीहरु घर आउँदा खोप लगाएको हो ।

नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत निःशुल्क प्रदान गरिएको सबै खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त हुने हुदाँ नेपालको औषधी व्यवस्था विभागले स्वीकृत गरेको हुनाले यो खोप पनि अत्यन्तै सुरक्षित र प्रभावकारी रहेको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ ।

एचपिभी भनेको के हो ?

यो एक प्रकारको भाइरस हो । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस हो । एचपिभी भाइरस दुई सयभन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । तीमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ ।

नेपालमा महिलाहरुमा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको प्रमुख कारण हो । यो रोगबाट नेपालमा प्रत्येक दिन चार जनाको मृत्यु हुन्छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top