१७ पुस, पिपलटार । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार चित्रकारले पदभार ग्रहण गरेका छन् ।
नुवाकोटको विदुर नगरपालिकामा सञ्चालनमा रहेको कार्यालयमा बुधबार आयोजित एक समारोहका बीच समितिका अध्यक्ष चित्रकारले पदभार ग्रहण गरेका हुन् ।
पदभार सम्हाल्दै अध्यक्ष चित्रकारले चिकित्सालयको सेवालाई जनसमुदाय माझ पुर्याउन सबैले सकारात्मक ढङ्गले प्रचार गर्नुपर्ने बताए । उनले चिकित्सालयका चिकित्सक र कर्मचारीहरुसँगको सहकार्यमा सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले चिकित्सालयका गतिविधि तथा वस्तुस्थिति बारे जानकारी गराएको थिए । डा. गिरीले चिकित्सालयले केहि सातामै अन्तरंग सेवा पनि सुचारु गरिने लागेको जानकारी दिए । उक्त सेवा सञ्चालानर्थ आवश्यक मानवस्रोत पदपूर्ति र उपकरणको जडान कार्य भइरहेको उनले बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विन्दा ढुङ्गाना, नेकपा नुवाकोटका पदाधिकारी, अस्पतालका कर्मचारीहरु, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।






























































प्रतिक्रिया