२ चैत, नुवाकोट । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल मनि विक २०२६’ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।
बैंकले विश्वव्यापी मुद्रा सप्ताहको अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको हो ।
बैंकले यसवर्षको नारा “स्मार्ट मनि टक्स”लाई आत्मसाथ गरी यहि चैत १ गतेदेखि ८ गतेसम्म बैंकका विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नेछ ।
यसका साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाग्रीहरु उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजीक सञ्जालहरुमार्फत् पनि प्रशारण गर्नेछ ।
वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरुमार्फत् विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढि शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरीसकेका छन् ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

प्रतिक्रिया