Tuberculosis free AI checkup camp in Bidur Nuwakot
sujim advert

हावाघरमा सुपथ मूल्य पसल सुरू

डबली खबर     अशोज १४, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

supath mulya in hawaghar nuwakot
bidur tax consultancy services in nuwakot

हावाघर – चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सोमबार (आज) देखि हावाघरमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले नुवाकोट उद्योग वाणिज्यको सहकार्यमा विदुर नगरपालिका-४ हावाघरमा सञ्चालनमा आएको सुपथ मूल्य पसलको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले उद्घाटन गरेका हुन् ।

विदुर नगरपालिका र तारकेश्वर गाउँपालिका उपभोक्ताहरुलाई लक्षित गर्दै बाघबच्छला किराना स्टोरमा सुपथ पसलमा प्रचलित मूल्यभन्दा दुईदेखि १४० रुपैयाँसम्म छुट दिएको सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

बजार मूल्यभन्दा दाल, मैदा र खाने तेलमा सात रुपैँया, चिउरामा सातदेखि १४० रुपैँया सहुलियत दिएको उनले जानकारी दिए । यस्तै, आटामा १४ देखि ३५ रुपैँया, चना र चिनी प्रति किलोग्राममा तीन रुपैंया सहुलियत मुल्यमा पाईने छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भाद्र २४ गते नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको थियो।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top