+
Search

ताजा अपडेट +

पपुलर +

हावाघरमा सुपथ मूल्य पसल सुरू

supath mulya in hawaghar nuwakot
डबली खबर
१ साल अगाडी

हावाघर – चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सोमबार (आज) देखि हावाघरमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले नुवाकोट उद्योग वाणिज्यको सहकार्यमा विदुर नगरपालिका-४ हावाघरमा सञ्चालनमा आएको सुपथ मूल्य पसलको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले उद्घाटन गरेका हुन् ।

विदुर नगरपालिका र तारकेश्वर गाउँपालिका उपभोक्ताहरुलाई लक्षित गर्दै बाघबच्छला किराना स्टोरमा सुपथ पसलमा प्रचलित मूल्यभन्दा दुईदेखि १४० रुपैयाँसम्म छुट दिएको सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

बजार मूल्यभन्दा दाल, मैदा र खाने तेलमा सात रुपैँया, चिउरामा सातदेखि १४० रुपैँया सहुलियत दिएको उनले जानकारी दिए । यस्तै, आटामा १४ देखि ३५ रुपैँया, चना र चिनी प्रति किलोग्राममा तीन रुपैंया सहुलियत मुल्यमा पाईने छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भाद्र २४ गते नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ