sujim advert

तारकेश्वरका एक हजार ६२३ जना विद्यार्थीको आँखा परीक्षण

डबली खबर     भदौ ३०, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

eye checkup in tarakeshwar rural municipality
bidur tax consultancy services in nuwakot

नुवाकोट – तारकेश्वर गाउँपालिकाभित्रका १९ विद्यालयमा अध्यनरत विद्यार्थीहरूको आँखा परिक्षण गरिएको छ।

गाउँपालिकाभित्र रहेका उक्त विद्यालयका एक हजार ६२३ जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको तिलगंगा सर्जिकल आँखा केन्द्र नुवाकोटका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।

विद्यालयमै पुगेर आँखा जाँच गर्दा आँखासम्बन्धी समस्या पहिचान र समयमै उपचार गर्नका लागि सुविधा पुगेको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले बताए ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट, नेरेसो नुवाकोट र नेरेसो तारुका उप शाखा र बुधसिङ उपशाखाको सहयोग र सहजीकरणमा आँखा परिक्षण शिविर गरिएको नेरेसो नुवाकोटका प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिए ।

आँखा परिक्षणमा ६१ जना विद्यार्थीको आँखामा दृष्टि दोष पहिचान गरी जिल्ला सामुदायिक आँखा केन्द्रमा सिफारिस गरिएको छ ।

यसघि केन्द्रले विदुर नगरपालिकाकाका संस्थागत तथा सामुदायिक गरी ३४ वटा विद्यालयमा अध्यनरत नौ हजार ५७३ जना विद्यार्थीहरुको आखा जाँच गरिएको थियो ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top