+
Search

ताजा अपडेट +

पपुलर +

तारकेश्वरका एक हजार ६२३ जना विद्यार्थीको आँखा परीक्षण

डबली खबर
१ साल अगाडी

नुवाकोट – तारकेश्वर गाउँपालिकाभित्रका १९ विद्यालयमा अध्यनरत विद्यार्थीहरूको आँखा परिक्षण गरिएको छ।

गाउँपालिकाभित्र रहेका उक्त विद्यालयका एक हजार ६२३ जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको तिलगंगा सर्जिकल आँखा केन्द्र नुवाकोटका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।

विद्यालयमै पुगेर आँखा जाँच गर्दा आँखासम्बन्धी समस्या पहिचान र समयमै उपचार गर्नका लागि सुविधा पुगेको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले बताए ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट, नेरेसो नुवाकोट र नेरेसो तारुका उप शाखा र बुधसिङ उपशाखाको सहयोग र सहजीकरणमा आँखा परिक्षण शिविर गरिएको नेरेसो नुवाकोटका प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिए ।

आँखा परिक्षणमा ६१ जना विद्यार्थीको आँखामा दृष्टि दोष पहिचान गरी जिल्ला सामुदायिक आँखा केन्द्रमा सिफारिस गरिएको छ ।

यसघि केन्द्रले विदुर नगरपालिकाकाका संस्थागत तथा सामुदायिक गरी ३४ वटा विद्यालयमा अध्यनरत नौ हजार ५७३ जना विद्यार्थीहरुको आखा जाँच गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ