काठमाडौं – नेपाल इन्टरनेट फाउन्डेसनले एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाल इन्टरनेट फाउन्डेसनले डिजिटल इम्पावरमेन्ट फाउन्डेसन र इन्टरनेट सोसाइटीसँगको सहकार्यमा यही भदौ १५ गते एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज आयोजना गर्न लागेको हो ।
कार्यक्रम टेक्सास इन्टरनेशनल कलेज मित्रपार्क काठमाडौंमा शनिबार बिहान ९ बजेदेखि सञ्चालन हुनेछ । यस वर्ष पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम हुन लागेको हो । कार्यक्रमले कनेक्टिभिटी, डिजिटल समावेशीता र कम्युनिटी नेटवर्क पहलहरूलाई एकै ठाउँमा ल्याउन मद्त पुर्याउने छ ।
कार्यक्रमको थिम ‘इम्पावरिङ भ्वाइसेस, कनेक्टिङ कम्युनिटिजः कम्युनिटी नेटवर्क्स फर सोसल चेन्ज’ राखिएको छ ।
भदौ १५ गते हुन लागेको कम्प्युनिटी नेटवर्क एक्सचेञ्जको उद्देश्य जनचेतना जगाउने, ज्ञान आदान प्रदान गर्ने, क्षमता अभिवृद्धि गर्ने, सहकार्यमा जोड दिने र नीति पैरवीमा काम गर्ने रहेको छ ।
सन् २०१७ देखि डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले इन्टरनेट सोसाइटीसँगको सहकार्यमा कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सुरू गरेको थियो ।
प्रतिक्रिया