+
Search

ताजा अपडेट +

पपुलर +

शैक्षिक सवारीसाधन जाँचमा पुन:कडाई

school bus over seated supervision in nuwakot
डबली खबर
१ साल अगाडी

नुवाकोट – मापदण्ड विपरित सञ्चालनमा हुदैं आएको शैक्षिक संस्थाका विद्यालय सवारीसाधन जाँचमा पुन:कडाई गरेको छ।

बुधबार सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईको नेतृत्वमा गरिएको अनुगमनमा विदुर नगरपालिका क्षेत्रमा सञ्चालन रहेका विद्यालय बसहरुले सिट क्षमताभन्दा बढी विद्यार्थीहरु बोकेको पाइएको हो ।

सडक सुरक्षाको साथै विद्यार्थीको यात्रा सुरक्षित राख्न र दुर्घटनामा न्यूनीकरण गर्न यस किमिसको अभियान थालिएको सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईले बताए ।

विद्यालय बस जाँचका क्रममा सवारीचालक अनुमतिपत्रलगायत आवश्यक कागजपत्र साथमा नभएको, सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने गरेको, तीव्र गतिमा लापरवाही तरिकाले सवारीसाधन गुडाउने, बसको सरसफाई नगरिएको, कतिपय बसमा नम्बर प्लेट नै नरहेको पाईएको अवस्थामा बस भेटिएको ट्राफिक प्रमुख जेजंग कार्कीले बताए ।

ट्राफिक नियम विपरित सञ्चालित विद्यालयका बस चालकलाई सम्झाई बुझाइ छोडिएको छ ।

प्रतिष्पर्धाको होडमा पटकपटकको लापरवाहीले बसको क्षमताभन्दा बढी

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ