+
Search

ताजा अपडेट +

पपुलर +

एसइईमा रेजिनाको पनि ४ जिपिए

डबली खबर
१ साल अगाडी

नुवाकोट । राष्ट्रिय परीक्षा बोर्ड एसइईको परीक्षामा रेजिना भण्डारीले पनि ४ जिपिए प्राप्त गरेकी छिन्।

विदुर नगरपालिका विदुरमा रहेको पृथ्वी माध्यमिक विद्यालयबाट परिक्षामा सहभागी भएकी उनले सामाजिक विषयको नतिजामा चित्त नबुझेर पुनर्योगका लागि दिएको निवेदनको थियो । निवेदनको नतिजापछि उनले ४ जिपिएसहित एसइई उत्तीर्ण गरेको विद्यालयका सहप्रधानाध्यापक विश्वराज भट्टराईले जानकारी दिए ।

यसअघि प्रकाशित नतिजामा उनको ३.९६ जिपिए रहेको थियो ।

यो नतिजासँगै जिल्लामा सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याएर पृथ्वी मावि उत्कृष्ट भएको छ ।

गत १३ असारमा सार्वजनिक माध्यमिक शिक्षा परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा ९४ जना परीक्षार्थीको विभिन्न विषयमा ए प्लस (४ ग्रेड पोइन्ट) ल्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ