+
Search

ताजा अपडेट +

पपुलर +

नेपालकै सर्वोत्कृष्ट सिम्रिका, एसइइमा ४ जिपिए

डबली खबर
१ साल अगाडी

विदुर – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा नुवाकोटकी एक विद्यार्थीले सर्वोत्कृष्ट अङ्क ल्याएकी छिन् ।

विदुर नगरपालिका-२ बट्टारमा रहेको सुभेनियर बोर्डिङ्गकी सिम्रिका रिजालले सर्वोत्कृष्ट अङ्क ४ जिपिए ल्याएर नेपालकै उत्कृष्टमा परेको विद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले जानकारी दिए ।

योसँगै नुवाकोट जिल्लाकै इतिहासमा पहिलोपटक ४ जिपिए ल्याएर उत्कृष्ट स्थान हासिल गरेको जनाएको छ ।

निजी विद्यालयमा अध्ययन गरेकी रिजालले उच्च शिक्षा अध्ययनको “ए-लेवल” तयारी गरिरहेको उनकी आमा शान्ता धितालले जानकारी दिईन् ।

सिम्रिका रिजालको ग्रेडसिट

एसइइको नतिजाअनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएका छन् ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ