sujim advert

नेपालकै सर्वोत्कृष्ट सिम्रिका, एसइइमा ४ जिपिए

सुनील श्रेष्ठ     असार १३, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

see 2080 topper simirika rijal nuwakot
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

विदुर – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा नुवाकोटकी एक विद्यार्थीले सर्वोत्कृष्ट अङ्क ल्याएकी छिन् ।

विदुर नगरपालिका-२ बट्टारमा रहेको सुभेनियर बोर्डिङ्गकी सिम्रिका रिजालले सर्वोत्कृष्ट अङ्क ४ जिपिए ल्याएर नेपालकै उत्कृष्टमा परेको विद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले जानकारी दिए ।

योसँगै नुवाकोट जिल्लाकै इतिहासमा पहिलोपटक ४ जिपिए ल्याएर उत्कृष्ट स्थान हासिल गरेको जनाएको छ ।

निजी विद्यालयमा अध्ययन गरेकी रिजालले उच्च शिक्षा अध्ययनको “ए-लेवल” तयारी गरिरहेको उनकी आमा शान्ता धितालले जानकारी दिईन् ।

सिम्रिका रिजालको ग्रेडसिट

एसइइको नतिजाअनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएका छन् ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top