sujim advert

सहकारीका लागि नियमनकारी निकाय बनाउन सुझाव

डबली खबर     असार २४, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

Maha Prasad Adhikari Governer
bidur tax consultancy services in nuwakot

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज गभर्नर अधिकारीले सहकारीका लागि नियमनकारी निकाय आवश्यक भएको बताएका हुन् ।

सभापति सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका थिए ।

समितिका सभापति थापाका अनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको र नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको कारणले सहकारीमा अहिलेको जस्तो विकराल अवस्था आएको बताए ।

समितिको आजको बैठकमा बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टसहित पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा। जयकान्त राउतलाई बोलाएर सुझाव लिएको बताए ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top