+
Search

ताजा अपडेट +

पपुलर +

एसइइमा सर्वोत्कृष्ट अंक ल्याउने सिम्रिका सम्मानित

डबली खबर
१ साल अगाडी

विदुर – नुवाकोट जिल्लाबाट २०८० को माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरेको छ ।

आज सोमबार निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (प्याब्सन) नुवाकोटले जिल्लाबाट एसइइ परिक्षामा सहभागी भइ ४ जिपिएसहित उत्कृष्ट परिक्षार्थिको रुपमा उत्तिर्ण भएकी सुभेनियर बोर्डिङ्ग स्कुलकी सिम्रिका रिजाललाई ११ हजार १११ रुपैयाँ नगदसहित सम्मान गरेको प्याब्सन अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए ।

उत्कृष्ट स्थान हासिल गरेकी रिजाललाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले दोसल्ला ओढाई सम्मान गरेका छन् ।

यसैगरी नेकपा एमाले जिल्ला कमिटी नुवाकोट, राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट र भैरवी इन्भेस्टमेन्ट कम्पनीले रिजाललाई सम्मान गरेको छ ।

शैक्षिक सत्र २०८० मा नुवाकोटबाट तीन हजार ९२२ जना विद्यार्थी एसइइ परिक्षामा सहभागी थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ