sujim bazar advert

घाँटु नाच संरक्षणमा मगर समाज

डबली खबर     जेष्ठ १४, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

ghantu dance in khanigaun likhu rural municipality nuwakot nepal
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – खानीगाउँमा मगर समुदायको लोपोन्मुख परम्परागत साँस्कृतिक घाँटु नाचका साथै बृहत सांस्कृतिक कार्यक्रम भएको छ ।

चण्डेश्वरी संरक्षण समिति मगर समाज उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रममा लिखु गाउँपालिकाको अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

अध्यक्ष श्रेष्ठले धर्म, संस्कृति जगेर्ना गर्न स्थानीय तहको कर्तव्य रहेको बताउँदै पालिकाले आगामी बजेटमा लोपोन्मुख घाटु नाचको संरक्षण सम्बर्द्धन तथा भौतिक पूर्वधार निर्माणका निम्ति बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लोपोन्मुख अवस्थामा पुगेको घाँटु नाच संरक्षणमा समाज जुटेकाे समाजका अध्यक्ष सुनिल थापामगरले बताए । घाँटु संरक्षण गर्न जनस्तरबाटै आर्थिक संकलन भएको भन्दै यो क्रम अझ बढेर जाने समेत उनले बताए । पुरानो सांस्कृतिक नाच भए पनि नयाँ पुस्ताको चासो नहुनु र पुरानो पुस्ताबाट हस्तान्तरणका लागि पहल नहुनुजस्ता कारणले लोपहुँदै गएको नाच संरक्षणका लागि आफूहरुका लागिपरेको अध्यक्षले थापाले बताए । 

कार्यक्रममा कलाकारहरू सुनिल थापामगर, शेरबहादुर गुरूङ, रोशन बालुवा, रमेश श्रेष्ठ, सीता घिमिरे, अनिसा गिरी, श्रीकृष्ण थापा, रूपक सिम्खडालगायतको बेजोड प्रस्तुति रहेको थियो ।

घाँटुमा नाच्नका लागि घाँटुकी कन्या कथाको विषयबस्तु अनुसार आवश्यक संख्यामा छानिन्छ । घाँटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शङ्गार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top