sujim bazar advert

त्रिशूली सहकारीले स्वरोजगामूलक प्रशिक्षण सञ्चालन गर्दै

डबली खबर     जेष्ठ ११, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

sewing training
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – त्रिशूली बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगारमुलक प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वरोजगारमुलक प्रशिक्षण सञ्चालन गर्न लागेको सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले जानकारी दिए । उनकाअनुसार सहकारीका शेयर सदस्यहरुको परिवारबाट एक जनाले प्रशिक्षण लिन पाउने छन् । यस्तै सदस्यले तालिमका लागि आफू सहभागि नभएको खण्डमा परिवारका तर्फबाट छोराछोरी मध्ये एक जनालाई तालिममा सहभागि गराउने सकिने व्यवस्था छ ।

मुख्य रुपमा एसइई दिएर बसेका विद्यार्थीरुलाई सहकारीले बढि जोड दिएको छ । सहकारीले जारी गरेको सूचनाअनुसार प्लम्बर तथा इलेक्ट्रसियन, व्युटिसियन तथा बुटिक, इलोक्टेनिक्स् तालिम (फ्रिज,ए.सी.,वासिड. मेसिन) को प्रशिक्षण प्रदान गरिने छ । प्रशिक्षणका लागि आवश्यक कागजातसहित सहकारीको कार्यालयमा सम्पर्क राख्न सकिने छ ।

सहकारीले प्रशिक्षणमा सहभागि हुनका लागि आवश्यक शर्तहरु पूरा गर्नुपर्ने उल्लेख छ । शर्तअनुसार प्रशिक्षणका लागि सहकारीका सेयर सदस्य हुनुपर्ने अनिवार्य व्यवस्था रहेको सहकारीका प्रबन्धक हरिचन्द्र अमात्यले जानकारी दिए । उनले प्राप्त आवेदनका आधारमा छनोट गरिने जानकारी दिए ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top