नुवाकाेट – सहयाेगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे माेबाइल एपबाट बैकिङ काराेबार गर्न सकिने भएकाे छ ।
संस्थाको विस्तारित सेवा अन्तर्गत नेपाल अधिराज्यको अधिकांश बैंकको व्यक्तिगत खाताबाट रकम सिधै सहकारीमा रहेको आफ्नो खातामा रकमानन्तर गर्ने सुविधा थप गरिएको सहकारीका प्रबन्धक राजु अधिकारीले जानकारी दिए ।
यो सेवा सञ्चालन गर्नका लागि इच्छुक सहकारी सदस्यहरूले सहकारीकाे कार्यालयमा पुगेर खाता सुचारू गर्नुपर्ने छ ।
साथै एम डबली एपमार्फत पनि सहकारीकाे काराेबार गर्न सकिने छ ।
प्रतिक्रिया