sujim bazar advert

उपनिर्वाचन: मतदाता नामावली अद्यावधिक गरिँदै

डबली खबर     फाल्गुन २७, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

voter list editition program in nepal
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – आउँदो २०८१ वैशााख १५ गते हुने उपनिर्वाचनका निम्ति वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्नेको विवरण अध्यावधिक गरिने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निमित्त कार्यालय प्रमुख दिपक दुलालले आइतबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, राजनीतिक दल र पत्रकारबीच भएको बैठकमा मतदाता नामावली अध्यावधिक कार्यक्रम बारे जानकारी गराएका हुन् ।

अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट संकलित नामावलीको अद्यावधिक तथा दावी विरोधको प्रक्रिया सुरु गर्न लागिएको उनले जानकारी गराए । निर्वाचन कार्यालयबाट फागुन १३ गतेसम्म सङ्कलित विवरणमध्ये वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अध्यावधिक गरिनेछ ।

उनका अनुसार भोलि फागुन २८ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ । अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन फागुन २९ देखि चैत ५ गतेसम्म सञ्चालन गरिए उनले जानकारी गराए ।

नुवाकोट जिल्लामा महिला एक लाख १६ हजार २६९, पुरुष एक लाख २४ हजार ६२३ र अन्य ३ जना गरी कुल दुईलाख ४ हजार ८९५ जना मतदाता रहेको उनले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि नुवाकोट क्षेत्र नम्बर १ मा महिला ६३ हजार ३४३, पुरुष ५७ हजार ४०६ र अन्य ३ जना गरी कुल एक लाख २० हजार ७५२ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा महिला ६० हजार ५९८ र पुरुष ५८ हजार ३७६ जना गरी कुल एक लाख १८ हजार ९७४ जना मतदाता रहेका छन् ।

यसैगरी, प्रदेश सभा सदस्यको लागि नुवाकोट क्षेत्र नम्बर १ को (१) मा ५९ हजार ४५९ जना मतदाता, नम्बर १ को (२) मा ६१ हजार २९३ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर २ को (१) मा ५९ हजार ४५३ जना मतदाता, नम्बर २ को (२) मा ५९ हजार ५२१ जना मतदाता रहेका छन् ।

उक्त अवधिमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, कसैले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, नाम एकभन्दा बढी स्थानमा समावेश गरिएको भए एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन, एकाघर परिवारका सदस्यको मृत्यु भएको वा नागरिकता त्याग गरेको अवस्थामा नामावलीबाट नाम हटाउनका निमित अनलाइनमार्फत् वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमा निवेदन दिन सकिने उनले जानकारी गराए ।

बैठकमा जिल्ला रामकृष्ण अधिकारी तथा जिल्लास्थित राजनीतिक दलका नेताहरुले मतदाता नामावली अध्यावधिक कार्यक्रममा सबै स्थानीय तह, वडा र नागरिक स्वयंले आफ्नो नामावली भए नभएको, गतल भए सच्चाउनको लागि अनुरोध गरेका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top