२०८१, १६ बैशाख आईतवार

पुस्तक खरिदमा ४० प्रतिशत छुट

डबली खबर     फाल्गुन ३ २०८० २१:०४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – जारी नुवाकोट महोत्सवमा पुस्तक खरिदमा ४० प्रतिशत छुट दिईएको छ ।

महोत्सवको स्टल नं. २०७ मा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नुवाकोटले दुई हजारभन्दा बढी पुस्तकहरुको प्रदर्शनी गरिरहेको छ ।

यस्तै, महोत्सवकै अवसर साहित्यकार तथा समालोचक श्रीराम श्रेष्ठका कृतिहरु मीमांसा, नेपाली जनजातीय संस्कार र संस्कृतिलगायतका पुस्तकहरुमा ४० प्रतिशत छुट दिईएको छ । पुस्तकको माग बढ्दै गएपछि श्रेष्ठले तेस्रो संस्करणको छपाई भइरहेको समेत जानकारी दिए ।

साथै अन्य पुस्तकको खरीदमा पनि १० देखि ३० प्रतिशत छुटको व्यवस्था छ ।

पुस्तक प्रदर्शनी तथा बिक्री स्टलमा साहित्यमा अभिरुची राख्ने पाठकलाई उपयोगी कथा, कविता, उपन्यास, पत्रकारितालगायतका पुस्तकहरु राखिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top